आन्दोलनकारी माथि पानीको फोहोरा
फागुन ८ काठमाण्डौ ।
बानेश्वरमा आन्दोलनकारी माथि पानीको फोहोरा प्रयोग भएको छ । एमसीसीको विरोधमा भएको जारी आन्दोलनमा पानीको फोहोरा प्रयोग भएको हो । सो क्रममा केही आन्दोलनकारी पक्राउ परेका छन् भने कोहि घाइते समेत भएका छन । आन्दोलनकारि समुहलाइ तितर वितर गर्नकोलागि प्रहरिले रबरको गोलि समेत चलाउनुपरेको थियो । संसद भवनमा एम सि सि टेवल गर्दै गर्दा उक्त घटना भएको हो ।