मतदाता परिचयपत्र बनाउनुपर्ने भएमा वडा कार्यालयको सिफारिस
१० फागुन, काठमाडौं ।
मतदाता परिचयपत्र हराएर पुनः बनाउनुपर्ने भएमा वडा कार्यालयको सिफारिस चाहिने भएको छ । निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गरी मतदाता परिचय पत्र पुनः बनाउनुपरेमाआयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार यस्तो निवेदन मतदाता स्वयं उपस्थित भएर वा इमेल, फ्याक्स वा अन्य विधिबाट दिन सकिनेछ ।
आयोगले मतदाता परिचय पत्र पुन बनाउनका लागि निशुल्क सिफारिस दिन स्थानीय तहलाई परिपत्र गर्ने निर्णय गरेको छ ।