एमसीसीबारे छलफल गृहमन्त्रीले भेटे सभामुख
प्रमुख सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतकसमेत रहेका खाणले बिहीबार दिउँसो संघीय संसद् सचिवालय सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर भेट गरेका हुन् ।
भेटमा संसदको गतिरोध हटाउने र अमेरिकी सहायता परियोजना एमसीसीलाई अनुमोदनका लागि कसरी प्रक्रियामा लैजाने भन्ने विषयमा छलफल भएको सचिवालय स्रोतले जनाएको छ ।
कार्यव्यवस्था परामर्श समिति बैठकमा एमसीसीलाई छलफलमा लैजानेबारे सहमति नभएपछि सरकारको आग्रहमा सभामुख सापकोटाले आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकलाई भोलि १ बजेसम्मका लागि सारेका छन् ।