२४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
१८ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ जना र २ हजार २०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १२३ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा ३२१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ७ हजार ७७० जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ हजार ५८० जना होम आइसोलेसनमा रहेका छन् भने १९० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।