कांग्रेसको अधिवेशन चार जिल्लामा
काठमाडौं मधेस प्रदेशका चार जिल्लामा नेपाली कांग्रेसले आज अधिवेशन गर्दैछ। धनुषा, रौतहट, सर्लाही र सिराहामा आज अधिवेशन हुन लागेको छ।
नेता विमलेन्द्र निधिको गृहजिल्ला धनुषामा त्रिपक्षीय भिडन्त हुने देखिएको छ। निधि पक्षबाट योगेन्द्र पञ्जियार सभापतिमा उठ्ने तयारीमा छन् भने संस्थापन पक्षबाट सन्तोष यादव र संस्थापनइतरले दिनेश यादवलाई सभापतिको उम्मेदवार बनाउने तयारी गरेका हुन।
रौतहटमा संस्थापन पक्षबाट सुनिल यादव र संस्थापनइतरबाट हृदयनारायण यादव सभापति उठ्ने तयारीमा छन्। त्यस्तै सिराहामा संस्थापन पक्षबाट रामचन्द्र यादव र संस्थापनइतरबाट रामसुन्दर चौधरीबी सभापति पदमा प्रतिस्पर्धा हुने देखिएको छ।