चुनाव चिह्न हरियो बनाउन खोजियो
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको आरोप लगाएका हुन।
आज मोरङको रंगेलीमा आयोजित कार्यक्रममा उनले मतपत्रमा हरियो नभई रातो रङ राख्नुपर्ने बताए । मतपत्रको रङबारे निर्वाचन आयोगको निर्णय कांग्रेसतिर झुकेको भन्दै ओलीले भने काङ्ग्रेसको बुढो रूख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको हो निर्वाचन आयोगले ३० वैशाखमा हुने निर्वाचनमा मतपत्र चुनाव चिह्नको रङ हरियो बनाउने निर्णय गरेको हो। ओलीले हिजो आयोजित कार्यक्रममा पनि आयोगको उक्त निर्णयको आलोचना गरेका थिए ।