भाम्रक समाचार र वक्तव्यबाजी गरेको आरोपमा दुई जना प्रकाउ
युट्युबमा भ्रामक समाचार र वक्तव्यबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका ८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका ४ बस्ने २७ वर्षीय निशान चिलवाल रहेका हुन्।
नेपाल प्रहरीको साइबर ब्युरोले उनीहरूलाई आज पक्राउ गरेको हो। प्रहरीका अनुसार परियार नेपाल मिडिया नामक युट्युब च्यानल सञ्चालन गर्थे।
यसैगरी चिलवाल विशाल नेपाल नामक युट्युब च्यानल चलाउँथे। उनीहरूलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार काठमाडौं जिल्ला अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिइएको साइबर ब्युरोका प्रवक्ता एसएसपी नबिन्द अर्यालले