थप २४ घण्टामा ७३ जनामा कोरोना संक्रमण मृत्युदर शुन्य
२४ घण्टामा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५०६२ जनामा गरिएको नमूना परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने संक्रमणबाट आज कसैको मृत्यु भएको छैन ।
मन्त्रालयका अनुसार २४ घण्टामा १०१३०४ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । अहिले देशभर ५०५० जना सक्रिय संक्रमित रहेका छन् ।