पेट्रोलियम व्यवसायीले आपूर्ति ठप्प पार्ने भन्दै आन्दोलन गर्ने चेतावनी
पेट्रोलियम व्यवसायीले आपूर्ति ठप्प पार्दै आन्दोलन गर्ने चेतावनी दिएपछि बजारमा ग्यास आपूर्तिमा चाप परेको हो । व्यवसायीहरूले ढुवानी भाडा बढाउन माग गर्दै चैत पहिलो सातादेखि आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् । आन्दोलन भएपछि ग्यास पाउन मुस्किल पर्ने आशंका गर्दै उपभोक्ताहरू सिलिन्डिर भर्न र अतिरिक्त जम्मा गर्न लागिपरेका छन् ।
व्यवसायीले माग पूरा नभए चैत ५ गतेदेखि देशभर चरणबद्ध आन्दोलन गर्ने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छन् । नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन, नेपाल ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्यास उद्योग संघले सरकारलाई यस्तो चेतावनी दिएका हुन् ।