थप ८२ जनामा कोरोना भाइरस सङ्क्रमण मृत्यु शून्य
काठमाडौं २ चैत देशभर थप ८२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । ६ हजार १७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४१ जना एन्टिजेन विधिबाट ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो।
२४ घण्टामा २१३ जना सङ्क्रमणमुक्त पनि भएका हुन । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ५७४ पुगेको छ । यता, थप १ लाख ५ हजार ४२२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।