भूकम्प जाँदा ४ जनाको मृत्यु
३ चैत, काठमाडौं । उत्तर पूर्वी जापानामा बुधबार राति गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा चार जनाको ज्यान गएको हो।९० भन्दा बढी घाइते भएका छन् ।
११ वर्षअघि फुकुसिमा आणविक भट्टीमा क्षति पुग्ने गरी भूकम्प गएकै क्षेत्रमा हिजो राति ७.३ म्याग्निभूकम्पको धक्काले राजधानी टोकियोका भवनहल्लिएका थिए । टोकियोमा ७ लाख घरमा र अन्यत्र १ लाख ५६ हजार घरमा विद्युत् अवरुद्ध भएको थियो । जसमध्येका अधिकांश घरमा अहिले विद्युत् सेवा पुनः सुरु भइसकेको हो
भूकम्प लगत्तै उत्तर पूर्वी तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको भए पनि पछि त्यसलाई फिर्ता लिइएको थियो ।