श्रीमानको कुटपिट बाट ३९ वर्षीया श्रीमती खेमजुङ गुरुङको मृत्यु
काठमाडौं ४ चैत । झापाको बिर्तामोड नगरपालिकामा श्रीमानको पिटबाट श्रीमतीको मृत्यु भएको होे । बिर्तामोड–५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया खेमजुङ गुरुङको मृत्यु भएको छ ।
गए राति राउतले घरायसी विवाद हुँदा खेमजुङलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । श्रीमानको पिटाइबाट गम्भीर घाइते भएकी उनको बिर्तामोडस्थित कनकाई अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो ।
नोबेल अस्पतालमा पनि उपचार हुन नसकेपछि आफन्तले बिर्तामोडस्थित माइती घर ल्याएकामा थिए गए राति मृत्यु भएको हो ।