शर्मिला वाइबा पक्राउ आफूलाई सामाजिक अभियन्ता भनिने
चैत ६ काठमाडौं– आफूलाई सामाजिक अभियन्ता भन्दै विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै हिँड्ने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको हो
शर्मिला लाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले चैत ४ गते चितवनको खैरहनीबाट पक्राउ गरेको छ। बलात्कार पीडित भनिएकी एक नाबालिग गायिकाको चरित्र हत्या हुने गरी विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकी वाइबाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाइएको ब्यूरोका एसएसपी नवीन्द अर्यालले बताएका छन्।