रुख काट्ने क्रममा हाँगा खसेर लाग्दा बालिकाको मृत्यु
काठमाडौं ६चैत सुर्खेतको वीरेन्द्रनगरमा रुख काट्दै गर्दा हाँगा खसेर लाग्दा आज एक बालिकाको मृत्यु भएको हो । वीरेन्द्रनगर नगपालिका–१ मा रहेको कृष्ण सामुदायिक वनमा रुख काट्ने क्रममा रुखको हाँगा खसेर लाग्दा बालिकाको मृत्यु भएको हो ।
कर्णाली प्रदेश प्रहरीका अनुसार वीरेन्द्रनगर नगपालिका–१ की ११ वर्षीय सुन्तली हाराकोटीको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । प्रहरीका अनुसार रूख काट्दै गर्दा हाँगा खसेर उनको शरीरमा लागेर घाइते भएपछि उपचारको लागि प्रदेश अस्पताल कालागाउँमा लगिएको थियो ।