देशलाई सही दिशामा लैजान कांग्रेस कटिबद्ध विश्वप्रकाश
काठमाडैं ७ चैत । काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई सही दिशामा लैजान कांग्रेस कटिबद्ध रहेको बताएका हुन । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले कांग्रेस र सरकारको ध्यान अहिले निर्वाचनमार्फत देशलाई सही दिशामा लैजान केन्द्रित भएको बताएका छन ।
शर्माले सरकारले अहिले जनताको जीवन रक्षाको कामसँगै सदनबाट हुने कामलाई पनि अघि बढाइरहेको बताउँदै जनादेश लिएको नेकपा एमाले सरकार चलाउन पनि नसकेको र संसद् पनि चल्न नदिने गरेको आरोप लगाएका छन ।
शर्माले भने सरकार पनि चलाउन नसक्ने संसद् पनि चल्न नदिने भनेपछि जनताको जनादेशको अपमान कस्ले गरेको छ ।”फरक प्रसङ्गमा बोल्दै उनले केन्द्रीय समितिको बैठकले मात्रै निर्वाचनमा तालमेल हुने नहुने निर्णय गर्ने बताएका छन ।