यातायात व्यवसायीहरूले अनिश्चितकालका लागि सार्वजनिक सवारी बन्द
काठमाडौं ९ चैत ।यातायात व्यवसायीहरूले सुर्खेतमा अनिश्चितकालका लागि सार्वजनिक सवारी बन्द गरेका छन् । भाडाका निजी सवारीहरूले मनलाग्दी यात्रु बोकेको, स्थानीय प्रशासन र प्रहरीले त्यसको नियन्त्रणमा कुनै चासो नदेखाएको भन्दै व्यवसायीहरूले स्वतस्फूर्त सार्वजनिक यातायात बन्द गरेका छन ।
बिहानैदेखि व्यवसायीहरूले बसपार्कबाट कुनै पनि सार्वजनिक सवारी छुटेका छैनन् । वीरेन्द्रनगर बसपार्कमा बाट बाहिरिने यात्रुहरूको भने बिचल्ली भएको हो । मुख्य गरी निजी र रातो नम्बर प्लेटभएका सवारीहरूसाधनहरुले खुलेआम यात्रुहरू ओसार्ने कार्य गरेकाले व्यवसायीहरूले बाध्य भएर सार्वजनिक यातायात बन्द गर्नु परेको सचिव रमेश खड्काले जानकारी दिएका छन ।
उनकाअनुसार आज बिहानदेखि प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिरिने कुनै सवारी सञ्चालनमा आएका छैनन् । ‘बारम्बार स्थानीय प्रशासन र प्रहरीलाई यातायात व्यवसायीहरूले संयुक्त रूपमा यस विषयमा जानकारी गराउँदा पनि सुनुवाइ भएन