कलाकारलाई पनि चुनाव लाग्यो
काठमाडौं १३ चैत । आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै दलहरू चुनावी तयारीमा जुटिसकेका छन् । राजनीतिक दलका नेतृत्वको चटारोसँगै अहिले उनीहरूका सांस्कृतिक संगठन र भातृसंस्थाहरुको दौडधूप पनि तीव्र ।
उनीहरू मतदातालाई आफ्नो पार्टीप्रति आकर्षित गर्न र आफ्नो पार्टीलाई जनताका अगाडि राम्रो रूपमा प्रस्तुत गर्न गीत, नृत्य, भिडियो, वृत्तचित्र, छोटा फिल्मदेखि अनेक प्रचार सामाग्री उत्पादनमा दिलोज्यान दिएर लागेका छन् । प्रचार सामग्रीको अलावा कलाकार समेत जनताको घरदैलोमा उतार्ने तयारीमा छन् ।