पदका लोभीहरूले मात्रै पार्टी छाड्ने गरेको टिप्पणी : देवेन्द्र पौडेल
काठमाडौं १३ चैत ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पदका लोभीहरूले मात्रै पार्टी छाड्ने गरेको टिप्पणी गरेका छन् । नेकपा माओवादी केन्द्र जैमिनी नगरपालिका बागलुङले आज आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीका नेतासमेत रहेका मन्त्री पौडेलले माओवादीबाट एमालेमा गएका पूर्वमाओवादी नेताहरूतर्फ लक्षित गर्दै पार्टीलाई माया गर्नेहरू माओवादीमै रहेकाले पद लोभीहरूले मात्रै पार्टी छाडेको टिप्पणी गरे
उनले देशको परिर्वतनका लागि माओवादीले दुःख, कष्ट र त्याग गरेको बताउँदै देशमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न आवश्यक रहेको बताए