काठमाडौंको चोभारमा बन्दरगाह भित्रिने मालबाहक सवारी साधनको रुट तय
१५ चैत, काठमाडौं । सञ्चालनको तयारीमा रहेको काठमाडौंको चोभार सुख्खा बन्दरगाह भित्रिने मालबाहक सवारी साधनको रुट तय भएको हो ।
निर्धारित रुटअनुसार सबै सीमा क्षेत्रका नाकाबाट भित्रिने सवारी साधनहरु अनिवार्य रुपमा बल्खु आइपुगेर मात्रै सुख्खा बन्दरगाह प्रवेश गर्नु पर्नेछ ।
विभागले तय गरेको स्थलमार्गको रुटअनुसार मेची भन्सार कार्यालय कांकडभित्ताबाट काठमाडौं बन्दरगाहका लागि आउने मालबाहक सवारी साधन मेची, विर्तामोड, इटहरी, बर्दिबास, पथलैया, हेटौंडा, नारयणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खु हुँदै सुख्खा बन्दरगाह पुग्नेछ ।
विराटनगर भन्सार कार्यालय बुद्धनगर मोरङबाट छुटेको मालबाहक सवारी विराटनगर, दुहवी, इनरुवा बर्दिबास, पथलैया, हेटौंडा, नारयणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खुहुँदै सुख्खा बन्दरगाह पुग्नेछ ।
यस्तै भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीबाट छुट्ने मालबाहक गाडी बेलहीया, परासी, भुमही, बर्दघाट, नारयणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खुहुँदै सुख्खा बन्दरगाह पुग्नेछ ।