श्रीलंकामा दैनिक १० घण्टा विद्युत कटौती

बिजनेस स्ट्यान्डर्डका अनुसार श्रीलंका सरकारले जलविद्युत अभाव भएकाले आज देखि देशभर दैनिक १० घण्टा विद्युत कटौती गरको हो। इन्धनको कमीका कारण सो समस्या उत्पन्न भएको सरकारले जनाएको हो।
विदेशी मुद्राको अभावका कारण आर्थिक तथा उर्जामा समस्या उत्पन्न भएको हो। जसकारण त्यहाँ सामान्य वस्तुहरू तथा इन्धनको मूल्य आकाशिएको छ। अहिले १० औं हजारौं मानिसहरू पेट्रोल किन्न घण्टौं लाइनमा बस्न बाध्य भएका छन्।
सार्वजनिक उपयोगिता आयोगका अध्यक्ष जनक रत्ननायकका अनुसार थर्मल पावर उत्पादन गर्न इन्धन नपाउँदा ७५० मेगावाट बिजुलीको अभाव भएको हो।
सो इन्धन कहाँबाट ल्याएको हो भन्ने बारे खुलाएको छैन।
ऊर्जामन्त्री गामिनी लोकुगेले सरकारले भारतीय आयल कर्पोरेसनको लंकाको सहायक कम्पनी लआइओसीबाट ६ हजार मेट्रिक टन डिजेल तत्काल खरिद गर्ने बताए ।
।