आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु सँग मिलेर जाने : प्रचण्ड
काठमाडौंमा १७ चैत । आज आयोजित रिपोर्टस् क्लबको २४ औा वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु मिलेर जाने बताएका छन । उनले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति गठबन्धन बनेको उल्लेख गर्दै गठबन्धनलाई अगाडि बढाउन आफूहरु प्रष्ट रहेको बताए । हामी मिलेर नै जान्छौं । आउने निर्वाचनलाई हामीले शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष रुपले सम्पन्न होस् र परिणामले राजनीतिक स्थायित्वलाई, राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न मद्दत गरोस् भन्नेतिर नै हाम्रो छ ।’ उनले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष बनाउन आफ्नो ध्यान केन्द्रीत रहेको पनि बताएका छन।
दाहालले देशको अर्थतन्त्रमा समस्या देखिएको भन्दै समस्या समाधान गर्न गठबन्धनमा छलफल भइरहेको बताए । अर्थतन्त्रलाई दुर्घटनातिर जान नदिनु राजनीतिक नेतृत्व, निजि तथा सार्वजनिक क्षेत्र सबैको दायित्व भएको उनले बताए । अप्ठ्यारो स्थिति आउन सक्छ भन्ने साँचो कुरा हो । राजनीतिक गठबन्धनको तर्फबाट मैले भन्नुपर्दा त्यो समस्याको समाधान गर्ने पहल सुरु भइसकेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावमा एकताबद्व भएर जाने समझदारी बनाएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले बताए।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।