स्थानीय तह निर्वाचनमा मतगणना स्थलमा सीसीटीभी जडान
काठमाडौँ १७ चैत । स्थानीय तह निर्वाचनमा सबै मतगणना स्थलमा सीसीटीभी जडान हुने भएको छ । निर्वाचन आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मतगणना स्थलको हकमा सबै ठाउँमा सीसीटीभीको व्यवस्था गराइने जानकारी दिएको हो ।
यस्तै, निर्वाचनका लागि २ करोड मतपत्र छापिने जनाउँदै आयोगले आज आयुक्तहरुले प्रेसको अनुगमन गरेको समेत जनाएको हो । छपाई आजैबाट सुरु हुने छ । मतपत्र छपाई स्थलमा कर्नेलको नेतृत्वमा सुरक्षा व्यवस्था गरिएको आयोगले जनाएको छ ।