लोसपा सँग तत्काल चुनावी गठबन्धन नहुने : मन्त्री यादव
काठमाडौं १८ चैत ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गरेरै अघि बढनुपर्ने अवस्था रहेको बताएकी हुन ।
जनकपुरमा विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी लोसपा सँग पनि तत्काल चुनावी गठबन्धन हुने अवस्था नरहेको स्पष्ट पारिन्।
विचार, मन र नियत तीन वटै कुरा नमिल्ने भएकाले सो पार्टीसँग तत्काल चुनावी तालमेल हुने अवस्था नरहेको मन्त्री यादवको तर्क थियो। मन्त्री यादवले राजनीतिमा हरेक सम्भावना हुने तर त्यो विचार, मन र नियत नमिल्दा सम्भव नहुने पनि दोहोर्याइन्। उनले परिस्थिति अनुसार विभिन्न दलहरुसँग चुनावी तालमेल गर्दै अघि बढने पनि बताइन्।