नोवेल अस्पतालमा कार्यरत चिकित्सक विजय यादव मृत अवस्थामा फेला
काठमाडौं १९ चैत । विराटनगरस्थित नोवेल अस्पतालमा कार्यरत चिकित्सक विजय यादव आज बिहान मृत अवस्थामा फेला परेका छन्।
सप्तरीको राजविराज घर भएका र तीन वर्षयता नोवेलको अर्थोपेडिक विभागमा कार्यरत मेडिकल अफिसर यादव बिहान मृत भेटिएका हुन्।
नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको घरको कम्पाउन्डमै डा. यादवको शव फेला परेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिएका छन ।
२८ वर्षका डा. यादव बंगलादेशबाट एमबिबिएस गरेर फर्केपछि नोवेलमा कार्यरत थिए।