म्यादी प्रहरी छनोटका लागि लिखित परीक्षा
१९ चैत, काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीको छनोटका लागि आज जिल्ला प्रशासन कार्यालय मोरङले लिखित परीक्षा लिएको हो ।
आज विराटनगरको शहीद रंगशालामा लिखित परीक्षा लिएको हो ।
मोरङमा ३ हजार १ सय २४ म्यादी प्रहरीको माग छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार आज भएको परीक्षामा ६ हजार ३ सय ७१ जनाको सहभागी भएका थिए ।