प्रधानमन्त्री शेरबहादुर देउवा अपरान्ह ४ बजे स्वदेश फर्कने
काठमाडौं २० चैत । भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्कने भएका छन्।
बनारसमा प्रधानमन्त्री देउवालाई उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले स्वागत गर्ने कार्यक्रम छ।
बनारसका विश्वनाथलगायत मन्दिरमा प्रधानमन्त्री देउवाले पूजाआजा गर्ने कार्यक्रम पनि छ।
प्रधानमन्त्री देउवा बनारसबाट नयाँदिल्ली पुगेर त्यहाँबाट अपरान्ह ४ बजे स्वदेश फर्कने कार्यक्रम छ।
प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा गएका थिए। शनिबार देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता भएको थियो।