थप २३ जनामा कोरोना पुष्टि ६६ जना निको
काठमाडौं २० चैत । पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६९०९ जनामा गरिएको नमूना परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त समयावधिमा ६६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएन ।
मन्त्रालयका अनुसार अहिले देशभर ८९९ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा ३०४४८ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।