ग्यास लिक भएर विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु
काठमाडौं २० चैत । सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास लिक भएर विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु भएको हो । बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार ले जानकारी दिनभयो ।
मृत्यु हुनेमा इशाक तामाङ, सरगम तामाङ र दिव्या तामाङ छिन् । किराना पसलसँगै रहेको खाजा पसलको ग्याँस लिक भएर दुर्घटना भएको बताइएको छ ।