नेपाली शान्ति सेनाको टोलीमाथि विद्रोहीले आक्रमणमा एक जना सैनिक घाइते
२२ चैत, काठमाडौं । कंगोमा नेपाली शान्ति सेनाको टोलीमाथि विद्रोहीले आक्रमणमा एक जना सैनिक घाइते भएका छन् ।
अपरेशन ‘बाली’का क्रममा ‘कर्डन एण्ड सर्च’ अभियानमा खटिएको टोलीमाथि विद्रोहीले गोली चलाएका थिए ।
गोली लागेका सैनिकलाई तत्कालै हेलिकप्टरमार्फत उद्धार गरेर बुनियाँस्थिति राष्ट्रसंघको अस्पतालमा लगिएको सैनिक जनसम्पर्क निर्देशनालयले छ । उनको उपचार भइरहेको सेनाले जनाएको छ ।