थप १३ जनामा कोरोना भाइरस पुष्टि मृत्युदर शुन्य
पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना भाइरस कोभिड को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८०७ जनामा गरिएको नमुना परीक्षणमा १३ जनालाई संक्रमण पुष्टि भएको हो ।
यो समयमा ५७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन यस्तै ७६५ जना संक्रिय संक्रमित रहेका छन् ।