झापामा ब्राउन सुगरसहित एक जना पक्राउ
काठमाडौं २४ चैत । प्रहरीले झापाबाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
कागेश्वरी मनोहरा नगपालिका९ बस्ने २५ वर्षीय राजीव रायमाझीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन ।
आज मेचीनगर नगपालिका ६ पुरानो मेची पुलस्थित प्रहरीले शंका लागि चेक गरेको थियो।
प्रहरीले उनलाई ८० ग्राम ब्राउन सुगर र पाँच हजार रुपैयाँसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक पाठकले बताए।