नौ महिनामै देशको अर्थतन्त्र ध्वस्त :ओली
काठमाडौं २५ चैत । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सरकारबाट हटेको नौ महिनामै देशको अर्थतन्त्र ध्वस्त भएको बताएको छन्।
उनले त्यसको अर्थतन्त्र ध्वस्त हुनुको कारण पाँच दलीय गठबन्धनको असक्षमता नै भएको जिकिर गरे।
सरकारले अर्थतन्त्र सुधार गर्नभन्दा योजनाहरु कटौति गर्न थालेकोले अब वृद्ध भत्तासमेत बाँड्न रोक्ने आशंका ओलीले व्यक्त गरे।
ओलीले मुलुक बनाउन अब पाँच दलीय गठबन्धनलाई हराउन अपरिहार्य रहेको तर्क गरे। ‘देशको अर्थतन्त्र बचाउन, देशी विदेशी प्रतिक्रियावादीहरुको चलखेल हुनबाट जोगाउन र समृद्धिको लक्ष्य प्राप्त गर्न यो अपवित्र गठबन्धनलाई बढार्नुपर्छ। एमालेलाई जिताउनुपर्छ।