बालबालिका हुर्काउन चीन विश्वकै महँगो
काठमाडौं २७ चैत । बालबालिका हुर्काउन विश्वका जुनसुकै मुलुक पनि महँगो देखिएको छ । यो मामिलामा अमेरिका कम खर्चालु देखिए पनि चीन विश्वकै महँगो देखिएको हो । बच्चा हुर्काउने मामिलामा जन्मदेखि १८ वर्षको उमेरसम्म दक्षिण कोरिया विश्वकै महँगो देखिएको छ ।
यो मामिलामा चीन दोस्रो स्थानमा छ भने इटाली तेस्रो स्थानमा छ । अमेरिका १४ सर्वाधिक महँगा देशहरु मध्येको मध्यमा रहेको छ । यो मुलुक जर्मनी र जापानबीच रहेको छ ।
चीनमा १८ वर्षको उमेरसम्म बच्चा हुर्काउनका लागि ७५,००० डलर लाग्छ र युनिभर्सिटीका लागि अर्को २२,००० हजार डलर लाग्छ । यद्यपि, यो अमेरिकामा विद्यार्थीले सामना गर्ने खर्चको तुलनामा अत्यन्त सस्तो लाग्छ ।