गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने निर्णय तत्काल सच्याउन सरकारलाई आग्रह : एमाले
काठमाडौं २७ चैत । नेकपा एमालेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने निर्णय तत्काल सच्याउन सरकारलाई आग्रह गरेको छ । एमालेले गभर्नर अधिकारीलाई हटाउनु सरकारको लज्जास्पद र निन्दनीय कदम भन्दै टिप्पणी गरेको छ । आज पत्रकार सम्मेलन गर्दै एमालेले गभर्नर अधिकारीलाई हटाउने निर्णय तत्काल सच्याउन सरकारलाई आग्रह गरेको हो । कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले गभर्नर हटाउने निर्णय अबिलम्ब नसच्याए मुलुकको आर्थिक अवस्था थप धराशायी हुने बताएका छन ।
पौडेलले भने हामीले गभर्नर अधिकारीको व्यक्तिगत कुरा गरिरहेका छैनौं । यो व्यक्तिमाथिको मात्र हस्तक्षेप होइन ।