पार्टीको नाममा भिम चापागाईँले खाएको लाखौँ पैसाबारे छानविन गर्न निर्देशन
काठमाडौं २७ चैत । विप्लव नेतृत्वको नेकपाका एक जना नेताले चन्दाको नाममा लाखौँ उठाएर हिनामिना गरेको आरोप लागेको छ । महासचिव विप्लवले नेता भीम चापागाईँले लाखौँ पैसा उठाएर खाएको आरोप लगाउँदै त्यसबारे छानविन गर्ने बताए
उनले केन्द्रीय समितिको बैठकपछि जारी गरेको सर्कुलरमा ‘पार्टीको नाममा भिम चापागाईँले उठाएर खाएको लाखौँ पैसाबारे छानविन गर्ने’, उल्लेख गरिएको छ ।
चापागाईँले पार्टी र नेतृत्वको नाममा लाखौँ रुपैया असुल गरि हिनामिना गरेको, संगठनात्मक रुपमा गुटबन्दी र अराजकता मच्चाएर शंकास्पद गतिविधि गरेकोले केन्द्रीयस्तरबाटै छानविन गर्ने पनि विप्लवले जनाएका छन् ।
पार्टीभित्र आर्थिक अराजकता निम्त्याउने, हिनामिना गर्ने र पार्टी नेतृत्वको दुरुपयोग गर्ने प्रवृत्ति, पात्र र गतिविधिलाई बन्देज लगाउने पनि विप्लवको पार्टीले निर्णय गरेको छ ।