प्रधानन्यायाधीश राणाविरूद्ध महाअभियोग दर्ताका कागजात पेश
काठमाडौं २ वैशाख । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाअभियोग दर्ता गर्दाका कागजात पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
अधिवक्ता पुण्यप्रसाद खतिवडाले दिएको रिटको सुनुवाइ गर्दै आज संवैधानिक इजलास राणाविरूद्धका कागजात पेस गर्न आदेश दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन।
गत फागुन १ गते सत्तारूढ दलका ९८ सांसदले राणाविरूद्ध महाभियोग दर्ता गरेका थिए। राणाविरूद्धको महाअभियोग असंवैधानिक भन्दै अधिवक्ता खतिवडाले रिट दायर गरेका थिए।
संसदमा महाअभियोग दर्ता भएर महाअभियोग सिफारिस समिति गठन भएको छ।