युक्रेनी सुरक्षाकर्मीलाई मारिऊपोलमा आत्मसमर्पणका लागि रुसले दिएको समय सुरु
वैशाख ४ काठमाडौं– रुसले आत्मसमर्पण गर्ने मारिऊपोलमा तैनाथ युक्रेनी सैनिकहरूलाई दिएको समय सुरु भएको छ। आत्मसमर्पण गर्ने सैनिकको जीवन सुनिश्चित हुने रुसले जनाएको छ।
मस्कोले उसका फौजहरूले उक्त शहरका स्टील कारखानाहरू रहेको एउटा सानो क्षेत्रबाहेक लगभग सबै ठाउँबाट प्रतिरोध हटाएको जनाएको बीबीसीले उल्लेख गरेको छ।
रुसी फौजहरूले मस्कोको समय अनुसार ६ बजे ( ०३:०० जीएमटी समय) बाट कैयौँ घण्टासम्म एजोभस्टाल स्टिल कारखाना रहेको क्षेत्रमा रहेका सबै सैनिकहरूलाई हतियार र गोलीगठ्ठा बिसाएको खण्डमा जान दिइने भनिएको हो।
त्यस्तो गर्ने सबैलाई युद्ध बन्दी सम्बन्धी जेनेभा महासन्धि अनुसार व्यवहार गरिने रुसी रक्षा मन्त्रालयले जनाएको छ।
यदि उनीहरूले त्यसलाई स्वीकार गरे भने रुसी फौजहरूले ६ बजे रातो झन्डा देखाउनेछन् र युक्रेनीहरूले स्टील कारखानाको क्षेत्रभर सेतो झन्डा देखाउनुपर्नेछ।