स्थानीय तह निर्वाचनका लागि ९५ लाख २५ हजार मतपत्र छापिए
काठमाडौं ५ वैशाख। स्थानीय तह निर्वाचनका लागि हालसम्म ९५ लाख २५ हजार थान मतपत्र छापिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छपाइ भएको जानकारी दिएका छन ।
वैशाख ३० गते हुने निर्वाचनका लागि १ करोड ९४ लाख थान मतपत्र छाप्ने निर्णय भइसकेको छ ।