एमालेले वैशाख ९ गते घोषणा पत्र सार्वजनिक गर्ने

काठमाडौं ६ वैशाख । स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले जारी गर्ने घोषणापत्रको मस्यौदा पारित भएको हो ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा साँझ बसेको सचिवालय बैठकले घोषणा पत्र पारित गरेको हो।
उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार स्थानीय तहको घोषणा पत्रको मस्यौदा पारित भएको छ।
घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन भएको थियो।
एमालेले वैशाख ९ गते घोषणा पत्र सार्वजनिक गर्ने भएको छ।
साथै पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी एमालेको छ।