Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

स्थानीय र प्रहरीबीच झडप हुँदा ११ प्रहरी घाइते

काठमाडौं ७ वैशाख । सिन्धुलीमा अवरुद्ध बीपी राजमार्ग खुलाउन खोज्दा झडप भएको हो। कमलामाई नगरपालिका २ पिपलभन्ज्याङमा भएको झडपमा ११ जना प्रहरी घाइते भएका छन्।

बोलेरोको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि स्थानीयले आज बिहानदेखि बीपी राजमार्गअन्तर्गत सिन्धुली–खुर्कोटखण्डको पिपलभन्ज्याङमा सडक अवरुद्ध गरेका थिए। अवरुद्ध सडक खुलाउन प्रहरीले बल प्रहयोग गरेपछि दोहोरो झडप भएको थियो। झडपका क्रममा स्थानीयले प्रहयोग गरेको बोतल र ढुङ्गाले लागेर ११ प्रहरी घाइते भएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताएका छन।

घाइतेमध्ये ३ जनालाई गम्भीर छन । घाइतेहरुको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ। झडपका क्रममा रोकि राखेका केही सवारी साधनमासमेत क्षती पुगेको वडा अध्यक्ष नवराज थिङले जानकारी दिए।

बीपी राजमार्ग भएर पिपलभन्ज्याङ–पचभैया जाने सडकमा प्रदेश ३–०१–०२४ च १४१९ नम्बरको बोलेरोले ठक्कर दिँदा पैदलयात्री ३९ वर्षिय विजय मोक्तानको मृत्यु भएको थियो। गम्भिर घाइते मोक्तानको उपचारकाक्रममा आज बिहान मृत्यु भएको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com