Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

माओवादी एकढिक्का हुन प्रचण्डको आह्वान

काठमाडौं ९ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै विभाजित माओवादी पार्टीहरू एकढिक्का हुनुपर्नेमा जोड दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७२ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले विभाजित माओवादीहरू मुल पार्टीमै फर्किन आह्वान गरे ।

‘मैले साथीहरुले मार्मिक ढंगले बहस गर्न थालेको सुनेको छु । किन माओवादी र प्रचण्डलाई गाली गरियो हामीले पश्चाताप गर्नु पर्छ। हामी माओवादी र प्रचण्ड भएको ठाउँमा जानुपर्छ। भन्ने गरेको सुनेको छु’, उनले भने, ‘हामी सच्चा माओवादीको निम्ति खुसीको कुरा हो ।

प्रचण्डले बिहीबारमात्रै कैलालीबाट सबै माओवादी क्रान्तिकारीहरुलाई एकताका निम्ति अपिल गरेको पनि बताए । ‘पार्टी स्थापना दिवसका दिन फेरि अपिल गर्दछु । प्राप्त उपलब्धिको रक्षाका निम्ति एक हुनुपर्छ प्रचण्डले भने, ‘माओवादीले ल्याएका परिवर्तनका उपलब्धि उल्ट्याउन षड्यन्त्र भइरहेकाले विभाजित माओवादी एक हुनुको विकल्प छैन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com