प्रधानमन्त्री देउवा र अमेरिकी संसदीय टोलीबीच भेट
सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले आज प्रधानमन्त्रीको सकरारी निवास बालुवाटारमा देउवासँग शिष्टाचार भेट गरेको हो।
भेटमा प्रधानमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुबीच बहुआयामिक नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचार–विमर्श भएको परराष्ट मन्त्रालयले जनाएको छ।
नेपाल–अमेरिका मैत्री, दुवै देशका सरकार एवं ससंद्का साथै जनताबीच साझेदारी र सहकार्य प्रवद्र्धनबारेमा पनि विचार आदानप्रदान भएको थियो। प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच जलवायु परिवर्तनजस्ता विश्वव्यापी विषयहरुमा छलफल भएको पनि जनाइएको छ।
नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले आज नै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेटवार्ता गरेको छ।
आगामी सोमबार नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा हुँदैछ।