नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौँ १० वैशाख । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजे बस्ने भएको हो। स्थानीय तह निर्वाचनको तयारी, घोषणा पत्र र महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको हो ।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवार छान्न बिहीबारदेखि नै शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । उम्मेदवारको टुंगो लगाएपछि त्यसलाई कार्यसम्पादन समितिबाट अनुमोदन गर्ने तयारी छ ।