पोखरामा कुकुर मारेको आरोपमा एक जना पक्राउ
काठमाडौं १० वैशाख । पोखरामा कुकुर मारेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका १९ बस्ने २३ वर्षीय सुदीप परियारलाई पक्राउ गरेको छ। उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
चैत १८ गते पोखरा १६ जोगिमणि मार्गस्थित सार्वजनिक स्थानमा परियारले कुकुरको घाँटीमा प्लास्टिकको डोरी पासो बाँधेर रूखमा झुण्ड्याएर मारेको आरोप छ।
झुण्ड्याएर मारेपछि सेती नदीको खोंचमा फालेको र त्यसको भिडिओ समेत बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको कार्यालयले जनाएको छ।
‘अहिले किन मारेको हो भन्ने खुलेको छैन। हामीले देखेपछि अनुसन्धान गरेर पक्राउ गरेका हौं।’
उनीमाथि पशुपंक्षीसम्बन्धी कसूरमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।