साँस्कृतिक नगरका प्रमुख चौधरी लोसपा प्रवेश
काठमाडौं १० वैशाख । लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी लोसपा मा प्रवेश गरेका छन्।
उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनी नगर प्रमुखमा निर्वाचित भएका थिए।
केहि महिना अघिमात्रै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीमा प्रवेश गरेका चौधरी आज फेरि लोसपामा प्रवेश गरेका छन ।
चौधरीलाई लोसपाका वरिष्ठ नेताहरू राजेन्द्र महतो, महन्त ठाकुरलगायतले पार्टीमा प्रवेश गराएका हुन्।