गठबन्धन भत्कियो, माओवादीले एक्लै चुनाव लड्ने
१० वैशाख,काठमाडौं । सत्तारुढ गठबन्धनको केन्द्रीय नेतृत्वले गरेको सहमतिमा चित्त नबुझेपछि नेकपा माओवादी केन्द्रले नेपालञ्ज उपमहानगरपालिकामा एक्लै चुनाव लड्ने घोषणा गरेको छ ।
नेपालगञ्जमा मेयर र उपमेयर पद आफ्नो पार्टीको भागबण्डामा नपरेपछि नेपालगञ्जका माओवादी नेताहरुले पत्रकार सम्मेलन गरी नेपालगञ्ज तथा नेपालगञ्जको २३ वटै वडामा एक्लै चुनाव लड्ने घोषणा गरेका हुन् ।
सत्तारुढ गठबन्धनबिच नेपालगञ्जको मेयर जनता समाजवादी पार्टीलाई र उपमेयर नेपाली कांग्रेसलाई दिने सहमति भएको थियो
स्थानीय तह चुनावमा नेपालगञ्जमा गठबन्धनको औचित्य नै नरहेकोसमेत बताएका छन ।