रोल्पाको माडी गाउँपालिकामा एमाले र कांग्रेसबीच चुनावी तालमेल
काठमाडौं १२ वैशाख । रोल्पा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसबीच चुनावी तालमेल को माडी गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएको छ ।
चुनावी तालमेल गरेका उनीहरुले आजै निर्वाचन अधिकृतको कार्यालयमा मनोनयसमेत दर्ता गरिसकेका छन् ।
गठबन्धनको तर्फबाट नेकपा एमालेका विजय घर्तीमगरले गाउँपालिका अध्यक्षमा उमेदवारी दर्ता गरेका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण विकको उमेदवारी दर्ता भएको नेपाली कांग्रेस माडी गाउँपालिका अध्यक्ष नवराज डाँगीले जानकारी दिए ।
६ वटा वडा रहेको सो गाउँपालिकामा नेपाली काग्रेसले वडा नं। २,३ र ५ मा वडाध्यक्ष पाएको छ भने नेकपा एमालेले वडा नं। १,४ र ६ मा उमेदवारी दर्ता गराएको छ ।