थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
१२ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४२ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार १३३ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर २७१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २७० जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।