Yeti Khabar

२०८१ मंसिर ६, बिहीबार - Thu Nov, 2024 -

११३ जनाले लिए उम्मेदवारी फिर्ता

१७ वैशाख, काठमामडौं । रुपन्देहीमा स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएकामध्ये ११३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
रुपन्देहीका १६ पालिकामध्ये मर्चवारी गाउँपालिकावाहेक १५ पालिकाबाट सो संख्यामा उम्मेदवारी फिर्ता भएको हो । सबैभन्दा बढी बुटवल उपमहानगरपािलकाबाट चार जना प्रमुख, चार जना उपप्रमुख र १९ जना वडाध्यक्ष तथा सदस्य गरी २७ जना उम्मेदवारले फिर्ता लिएका छन् ।

सिद्धार्थनगरबाट नगर प्रमुखका एक जना, उपप्रमुखका दुई जना र सदस्यबाट तीन जना गरी ६ जनाले, लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट २ जनाले, सैनामैना नगरपालिकाबाट चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यसैगरी, ओमसतिया गाउँपालिकाबाट तीन जना अध्यक्षसहित २३ जनाले, कंचन गाउँपालिकाबाट तीन जना, कोटहीमाई गाउँपालिकाबाट पाँच जनाले, गैडहवा गाउँपालिकाबाट दुई जना,सम्मरीमाई गाउपालिकाबाट पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका स्वतन्त्रबाट तीन जनासहित चारजनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाँउपालिका रहेको जिल्लामा मेयर पदका लागि ८५ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै १२४ जनाले पालिका अध्यक्षमा, ७० जनाले उपप्रमुख, ९५ जनाले उपाध्यक्ष, १०८९ जनाले वडाध्यक्ष र ३५४८ जनाले वडा सदस्य गरी जम्मा पाँच हजार ११ जनाले उम्मेदवारी दिएका छन् ।

जिल्लामा पाँच लाख ३६ हजार ८०५ जना कुल मतदाता रहेका छन् । चुनावका लागि ७९ दलले उम्मेदवारी दर्ता गराएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com