हेटौंडा सडक भत्काउने होइन, बाइपास बनाउनु पर्छ -अध्यक्ष ओली
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशको राजधानी हेटौंडाको सडक नभत्काउने र सडकका लागि बाइपास सडक निर्माण गर्ने बताएका छन्।
हेटौंडामा जिफन्ट मकवानपुरले आयोजना गरेको कार्यक्रममा एसियन हाइवेमा पर्ने सडकखण्ड अन्तर्गतको हेटौंडा बजारको बीचमा रहेको सडक फराकिलो बनाएर भत्काउनुभन्दा बाइपास बनाउनुमा आफ्नो दलले जोड दिएको अध्यक्ष ओलीले बताए।
वर्तमान बागमती सरकारले मदन भण्डारी स्वस्थ्य प्रतिष्ठान र हेटौंडा अस्पताललाई अलग गरेर गलत गरेको उनको भनाइ थियो।
अध्यक्ष ओलीले ‘हु इज केपी ओली’ भन्नेलाई नेपाली जनताले ३० वैशाख गते हुने स्थानीय तह निर्वाचनमा देखाइदिने बताए। रासस